के लोडसेडिङ दोहोरीन लागेको हो?
- प्रेस मन्त्र
- २०८२ जेष्ठ २, बिहिबार (२१ घण्टा अघि)
- १०० पटक पढिएको

काठमाडौं /जेठ १ :बिहीबार झ्याप्प झ्याप्प बिजुली काटिदा सर्बसाधरण आक्रोशित बनेका छन् । लामो समय लोडसेडिङको चपेटाबाट मुक्ति पाएका उनीहरू यसरी पटक पटक बिजुली काटिदा अघोषित लोडसेडिङ वा यसको तयारी हो भन्दै सामाजिक संजालमा चरम आक्रोश पोखेका छन् ।पछिल्ला दिनमा यसअघि लामो समयसम्म बिजुली नगएको उनीहरूको तर्क छ। तर, आज घन्टौंसम्म बिजुली गएपछि चिन्तित बनाएको उनीहरूको भनाइ छ। आज करिब ८ बजे पुनः आएको बिजुली १५ मिनेटपछि पुनः अवरुद्ध भएको छ । यसबाट काठमाडौं सहित देशका अधिकांशको जनजीवन प्रभावित बनेको छ ।आजै तीनपटकसम्म प्रसारण अवरुद्ध भएको छ । पहिलो पटक साँझ साढे ६ बजेतिर अवरुद्ध भएको बिजुली करिब एक घण्टापछि आएको थियो ।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजा भाइ सिल्पाकारले भारतबाट नेपालमा हाल बिजुली आयात भइरहेको ४०० केभी ढल्केबर मुजफ्फरपुर लाइनमा भारततर्फ आएको समस्याले गर्दा पटक-पटक विद्युत् अवरुद्ध भइरहेको बताए । यो प्राबिधिक समस्य भएको कारणले भएको हुनाले यसलाई लोडसेडिङसङ नजिड्न आग्रह गरे।


