गैंडाकोटका गैरे एनआरएनए सचिवमा निर्वाचित

  • २०८२ बैशाख २५, बिहिबार (४ महिना अघि)
  • २८४ पटक पढिएको
गैंडाकोटका गैरे एनआरएनए सचिवमा निर्वाचित
२२ वैशाख, काठमाडौं/गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनबाट गैंडाकोटका गैरेद्वय सचिव पदमा निर्विरोध निर्वाचित हुनुभएको छ । गैंडाकोट वडा नं. ६ घर भएका तिलकप्रसाद गैरे र टंकप्रसाद गैरे एकता महाधिवेशनबाट सचिव पदमा निर्विरोध निर्वाचन हुन सफल हुनुभएको छ ।
गैंडाकोट घर भई हाल पोर्चुगलमा रहनुभएका तिलक गैरे यसअघि एनआरएनए पोर्चुगलको अध्यक्ष, एनआरएनए सहकोषाध्यक्ष हुँदै सचिव पदमा निर्विरोध निर्वाचन हुनुभएको हो । गैंडाकोट खेलकुद विकास समितिका सस्थापक सचिवसमेत रहनुभएका गैरेले थुप्रै सामाजिक कार्यमा समेत उल्लेख्य सहभागिता रहँदै आएको छ ।
त्यसैगरी गैंडाकोट घर भई हाल जापानमा रहनुभएका टंकप्रसाद गैरे एनआरएनएको सचिव पदमा निर्विरोध निर्वाचित हुनुभएको छ । उहाँ यसअघि एनआरएनए जापानको उपाध्यक्ष, सचिव भइसक्नुभएको छ ।
शेष घले नेतृत्वको उच्चस्तरीय समितिले गरेको गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनबाट महेशकुमार श्रेष्ठको नेतृत्वमा सर्वसम्मत रूपमा कार्यसमिति चयन गर्दै अधिवेशन सम्पन्न भएको हो । काठमाडौंको हायात होटेलमा आइतबार सम्पन्न महाधिवेशनले उपाध्यक्षमा सुनिल कुमार शाह, बुद्धि सागर सुवेदी, खगेन्द्र न्यौपाने, लोकप्रसाद दाहाल, मनोजकुमार श्रेष्ठ, विश्वास दीप लिम्बु गरी ६ जना चयन भएका छन् ।
प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेका अनुसार महिला उपाध्यक्ष  जुनु गुरुङ र महासचिव बाबुराम (बीआर) लामा, सचिव चिन्तामणि सापकोटा, टंकप्रसाद गैरे र तिलकप्रसाद गैरे, कोषाध्यक्ष ठाकुरप्रसाद ढुंगाना, सहकोषाध्यक्ष कृष्णप्रसाद पोखरेल, महिला सचिवमा देवकी खत्री गुरुङ चयन हुनुभएको छ । त्यसैगरी महिला संयोजक रश्मि थापा, युवा संयोजक भीमसेन थापा, एसिया प्रशान्त क्षेत्रीय संयोजक डा. बलराम श्रेष्ठ, युरोप क्षेत्रीय संयोजक प्रेमबहादुर गुरुङ, मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठ, उत्तर दक्षिण अमेरिका क्षेत्रीय संयोजक डिलुराम पराजुली छन् ।
त्यस्तै, ओसेनिया क्षेत्रीय संयोजक इर्सद अहमद, क्षेत्रीय उपसंयोजकहरूमा एसिया प्रशान्त क्षेत्रीय उपसंयोजकमा माधव पोखरेल र मीमबहादुर पुर्जा मध्यपूर्व क्षेत्रीय उपसंयोजकमा सुनिलकुमार घिमिरे र श्रीकृष्ण भट्टराई, उत्तर दक्षिण अमेरिका क्षेत्रीय उपसंयोजकमा विश्वराज बास्तोला र नरबहादुर टण्डन क्षेत्री, ओसियाना क्षेत्रीय उपसंयोजकमा रामप्रसाद कँडेल र प्रताप राना चयन भएका छन् ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

खोजी गर्नुहोस

ताजा अपडेट