युवा परिषद चितवनका अध्यक्ष लम्साल सम्मानित

  • २०८२ बैशाख ३०, मंगलबार (१ महिना अघि)
  • ३९७ पटक पढिएको
युवा परिषद चितवनका अध्यक्ष लम्साल सम्मानित

चितवन, वैशाख ३०-
प्रदेश युवा परिषद बाग्मतिले आयोजना गरेको बागमती प्रदेश युवा सम्मेलन २०८२ को विशेष समारोहमा चितवनका युवा उद्यमी तथा समाजसेवी रामचन्द्र लम्साल सम्मानित हुनुभएको छ।
प्रदेश युवा परिषद् जिल्ला समिति चितवनका अध्यक्ष समेत रहनु भएका लम्सालले युवाहरूमा सकारात्मक सोच सीप र नेतृत्व विकास सम्बन्धी कार्यमा हत्वपूर्ण योगदान पुर्‍याए बापत कदरपत्रले सम्मान गरिएको हो। बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा र युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जनले संयुक्त रुपमा कदरपत्र प्रदान गर्नुभएको हो । चितवनका हजार बढी युवाहरूलाई सीप तथा रोजगारीसँग जोड्न अध्यक्षको महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका लम्साल चितवनका विभिन्न सामाजिक अभियान तथा रोटरी अभियानमा पनि सक्रिय रहनुभएको छ। त्यस्तै लम्सालले सामाजिक कुरिती रुढीबादी परम्पराको अवशेषको रुपमा रहेको बोक्सी प्रथाको जस्ताको तस्तै माडीको ढेगिनी देवि हत्या काण्डको प्रतिनिधिमुलक चलचित्र निर्माण गरि बिद्यालयमा रहेका विद्यार्थीहरुमाझ प्रदर्शन गरि सामाजिक सचेतता फैलाउनमा महत्त्वपूर्ण योगदान दिनुभएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%

खोजी गर्नुहोस

ताजा अपडेट

यो साताको प्रचलित